Sunday, September 23, 2018

भवानी घिमिरे साहित्यिक प्रतिष्ठानको प्रथम साधारणसभा सम्पन्न ।

भवानी घिमिरेको सन्देश जुट्नु हो : वैरागी काँईला

-----------------------------------------------------------------------------------------

वरिष्ठ साहित्यकार भवानी घिमिरेको स्मृतिमा स्थापना भएको भवानी घिमिरे साहित्यिक प्रतिष्ठानको प्रथम साधारण सभामा वोल्नु हुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति वैरागी काँईलाले घिमिरेको समायोजनकारी भुमिका आजको समाजको आवश्यकता भएको विचार व्यक्त गर्नु भयो ।
भवानी घिमिरेको साहित्यिक व्यक्तित्व र कृतित्वमाथी चर्चा भएको कार्यक्रमको उद्घाटन सत्रमा प्रज्ञा प्रतिस्ठानका पुर्व उपकुलपति विस्णुबिभु घिमिरे, माक्र्सबादि चिन्तक तथा साहित्यिक व्यक्तित्व निनु चापागाँई, प्रलेसका अध्यक्ष मातृका पोखरेल , लेखक रमेश शुभेच्छुक लगायत साहित्यकारहरुले घिमिरेसँगका रोचक र विशिष्ट अनुभवहरुको संझना गर्नुभएको थियो ।
संस्थाका तर्फबाट बोल्नुहुँदै सरोज कुमार वली, कृष्ण धारावासी, धर्मशीला चापागाँई लगाएतले भवानी घिमिरेका कृतिहरू संरक्षणको दायीत्व अब प्रतिष्ठानले वहन गर्ने विचार व्यक्त गर्नु भएको प्रतिष्ठानका सचिव नरेश शर्मा रेग्मीले बताउनु भयो ।


आजै सम्पन्न बन्दशत्रले अघिल्लो कार्यसमितीलाई निरन्तरता दिंदै यो वर्षको अन्त्यमा सिक्किम,दार्जि्लिंग, मेघालय, डुवर्स लगायतका स्थानहरुमा रहेका नेपाली भाषी साहित्यकारहरु सम्मिलित वारी र पारीका साहित्यकारहरुको ‘साहित्यिक मितेरी गोष्ठी’ झापामा गर्ने निर्णय समेत गरेको छ । 

www.interviewnepal.com बाट साभार 






















No comments:

Post a Comment